देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै


 


काठमाडौं, वैशाख १७
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।  

सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने छन् । उनले भने, ‘आजको पत्रकार सम्मेलन पार्टी गर्ने होइन । पार्टी सभापति आफैले गर्नु लाग्नुभएको हो ।’  

देउवाले पत्रकार सम्मेलन गरेर कोरोना रोकथाम र जनजीविका विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयोजनका लागि आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।  

सम्मेलन मार्फत देउवाले पार्टीको १४ औं महाधिवेशन, अन्य समसामयिक विषयमा पनि धारणा सार्वजनिक गर्ने बताइएको छ । बिहीबारबाट काठमाडौं उपत्यकासहित एक दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दिनप्रति दिन कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्