माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, हुनसक्छ गम्भीर निर्णय


 



काठमाडौं, वैशाख ६
नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले अब समर्थन फिर्ताबारे निर्णय लिने तयारी भएको साहले जनाए ।

नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन ।

प्रकाशित मिति: ६ बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्