‘फ्लोर क्रस’ गर्ने तीन सांसदले पाए मन्त्री पद


 



काठमाडौं, वैशाख ५
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर उनको पद जोगाएका एमालेका तीन जनाले सांसदले मन्त्री पद पाएका छन् ।

मुख्यमन्त्री शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गर्दै आफूलाई सहयो गर्ने एमालेका तीन सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरेका छन् । मन्त्री बनेका सबै एमालेको माधवकुमार नेपाल समूहका नेता हुन् ।

उनीहरु तीनजना र पूर्वमन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । पार्टीको ह्विपविपरीत मुख्यमन्त्रीलाई मत दिएपछि नेकपा एमाले प्रदेश कमिटीले तीनजना सांसदलाई शनिबार पार्टीबाट निष्कासन गरिसकेको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्