ह्वीप उल्लंघन गर्ने कर्णालीका चार एमाले सांसदलाई कारबाही गर्न सिफारिस
सुर्खेत, वैशाख ३
मुख्यमन्त्री महेन्द्र शाहीको सरकार जोगाउनका लागि पार्टीकोसमेत ह्वीप नमानेका चार साँसदलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।
प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गरेका थिए।
मुख्यमन्त्री शाहीको पक्षमा एमालेका वरिष्ठ नेता माधव नेपाल खेमाका ४ जनाले मतदान गरेका हुन्। यसरी मतदान गर्नेमा प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा, कुर्मराज शाही हुन्।
प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार