जसपाको रणनीति : सरकारको नेतृत्व आफै गर्ने


 



काठमाडौं, चैत्र ३१
जनता समाजवादी पार्टी (जसपा)ले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेको छ । आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा जसपाले छलफल पनि अगाडि बढाएको छ।

दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सबै नेताहरूले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन जोड दिएका हुन्। छलफलपछि पार्टीले औपचारिक निर्णय गर्ने तयारी गरेको जनाइएको छ ।

बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई सहभागी थिए।

जसपा केन्द्रीय कार्यकारिणी समितिका कतिपय नेताहरूले भने बर्तमान सरकार बहुमतमा भएका बेला सरकार गठनको विषयमा निर्णय गर्नु हतार हुने बताइरहेका छन् । संघीय संसद्को चौथो ठूलो दल जसपाका ३४ सांसद छन्। जसमध्ये दुई जना निलम्बित छन्। 

यसअघि नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। नेकपा (माओवादी केन्द्र) भने जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार बनाउने कसरतमा लागिरहेको छ । जसका लागि सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव गर्दै आएको छ।

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्