सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि


 



धनगढी, चैत्र ३१
सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा धनगढीका १७ सहित प्रदेशमा थप २० जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार ४९ जनाको नमूना परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

संक्रमित हुनेमा धनगढी उप–महानगरपालिकाका १७ जना, भजनीका दुई जना , बेलौरी कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

सूचना अधिकारी श्रेष्ठकाअनुसार संक्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने एक जना आइसियुमा छन् । दुई जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्