३७ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि


 


काठमाडौं, चैत्र ३१
बाराको नारायणी अस्पतालमा उपचाररत एक ३७ वर्षीय एक पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको छ।

होलीभन्दा दुई दिन अघि भारतको हैदरावादबाट घर फर्केका उनलाई गए राति मात्रै अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान साढे ३ बजे मृत्यु भएको हो।

बिहान मृत्युपछि शंका लागि उनको स्वाब परीक्षण गर्दा कोभिड(१९ पोजेटिभ देखिएको नारायणी अस्पतालका डा। निरज सिंहले बताए।

चैत १४ गते भारतबाट ती पुरुष केही दिन एडभान्स मेडिकेयर अस्पतालमा भर्ना भइ उपचार गराएको थियो। गए राति १२ बजे नारायणी अस्पतालमा रेफर भएका उनको मृत्युपछि पीसीआर परीक्षण गरिएको हो।

यसैबीच सोमवार नारायणीमा ९५ जनाको स्वाब परीक्षण गर्दा पर्साका ३७ र बाराका ३ जना गरी ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमित पर्सा कालिकामाई २ का ५५ वर्षका पुरुषको उपचारको क्रममा हिजो बिहान भरतपुरमा मृत्यु भएको छ।

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्