सुनको मूल्य फेरि बढ्यो


 



काठमाडौं, चैत्र ३०
नेपाली बजारमा सुनको मूल्य आज तोलामा एक सय रुपैयाँँ बढ्दै प्रतितोला ८९ हजार ६ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भैरहेको थियो ।

प्रकाशित मिति: ३० चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्