ज्योति विकास बैंकले कति दिदैछ बाेनस ?
काठमाडाैं, कार्तिक ७
ज्योति विकास बैंकले लगानीकर्तालाई ११ दशमलव ७० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने बैंक भएको छ ।बैठकले बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव गरेको छ । बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ
प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार