एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ, चैत्र ७
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ ।
माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । ओलीले यसअघि बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल खनाल समूह गएको थिएन । ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् ।
प्रकाशित मिति: ७ चैत्र २०७७, शनिबार