एसपी हुँ भन्दै ठगी गर्दै हिँड्ने पक्राउ
काठमाडौं, चैत्र ७
राष्ट्रिय अनुसन्धान विभागको एसपी हुँ भन्दै विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्दै हिँडेको अभियोगमा चितवन प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–१ का ४५ वर्षीय विश्वराज पन्त भनिने बुद्धिप्रसाद पन्त भएको प्रहरीले जानकारी दिएको छ ।
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार विशेष सूचनाका आधारमा पन्तलाई बिहीबार साँझ खैरहनी नगरपालिकाको पर्सा बजारबाट पक्राउ गरिएको हो।
निजले चितवनको रत्ननगर टाँडी र खैरहनीको पर्साका विभिन्न होटलमा महिनौँसम्म बसेर खाने र पैसा नदिई हिँड्ने गरेको पनि खुलेको छ । गोरखापत्रमा खबर छ ।
प्रकाशित मिति: ७ चैत्र २०७७, शनिबार