राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान


 



काठमाडौं, चैत्र ३
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठकको आह्वान गरेकी छन्।

उनले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक आज दिउँसो ४ बजेका लागि बोलाएकी हुन् ।

दलहरूबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको बुझिएको छ। 

फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि सत्ता समीकरणको तीव्र प्रयास भइरहेको छ।

पछिल्लो राजनीतिक घटनाक्रममा दलहरूबीच सत्ता समीकरण गर्ने विषयमा छलफल चलिरहे पनि सहमति जुट्न सकिरहेको छैन।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्