फेरि निर्वाचन आयोगमा दौडधूप गर्दै खनाल-नेपाल समूह


 



काठमाडौं, चैत २
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।

नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले विधानविपरीत अध्यक्ष ओलीले गरेको निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोही धाराबमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम १० प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकोले हाल पार्टी विधानबमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन ।

विधानको धारा १४ अनुसार पदाधिकारीको निर्वाचन महाधिवेशनले गर्ने तथ्य पनि स्पष्ट छ’ नेपाल समूहले आयोगलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

एमाले विधानको ‘बाधा अड्काउ फुकाउ’ प्रयोग अध्यक्ष ओलीले जिम्मेवारी बाँडफाँडका साथै माओवादी केन्द्र पृष्टभूमिका २३ जना नेतालाई गत शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

तर नेपाल समूहले ती निर्णयले वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात पुर्याउनुका साथै अवैधानिक भएकाले कार्यान्वयन नगर्न माग गरेको छ ।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्