पाकिस्तानी टाेलीलार्इ हराउँदै दिदीभार्इकाे जाेडीले चुम्याे उपाधी
काठमाडाैं, कार्तिक ५
पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिज मिक्स डबल्समा नेपाली टाेलीका भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले उपाधी चुमेकाे छ । शुक्रबार भएकाे फाइनलमा पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनलार्इ हराउँदै उनिहरूले उपाधी कब्जा गरेका हुन् ।
बिहीबार २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरेका थिए ।
तस्बिर स्राेत रत्नजित तामाङकाे फेसबुक
सम्बन्धित समाचार
पाकिस्तानी जोडीलाई हराउँदै भाेजपुरे दिदीभार्इकाे टाेली फाइनलमा
प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार