लोकमानलाई कारवाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन


 


काठमाडौं, कार्तिक ५

अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलसँग आवद्ध विद्यार्थी संगठनहरुले लोकमानलाई कारवाही गर्नका लागि दलहरुलाई दवाब दिन प्रदर्शन गरेका हुन् ।

महाअभियोग प्रस्ताव तत्काल पारित गर्न उनीहरुको माग रहेको छ । लोकमानलाई कारवाहीको माग गर्दै शनिबार सबै दलका शीर्ष नेतालाई भेट्ने र आइतबार सभा गर्ने निर्णय समेत संयुक्त विद्यार्थी आन्दोलनले गरेको नेविसंघका महामन्त्री कुन्दन काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्