प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै


 


काठमाडौँ, फागुन २६
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले दिएको आदेश अनुसार गत आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका स्थगित भएको थियो ।

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै तत्कालीन अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले अवरोध गरेको थियो ।

दुवै पार्टीले सरकारले पेश गर्न लागेको सात वटा अध्यादेशको जिरोव गर्द सदन चल्न नदिने भन्दै नारावाजी गरेका थिए । विरोधकाबीच अध्यादेश पेश गर्न खोजेपछि सदन अवरुद्ध बनेको थियो ।

कांग्रेस र माओवादी केन्द्रका सांसद बाहिरिएपछि सभामुख अग्नीप्रसाद सापकोटाले आजसम्मका लागि सदन स्थगित गरेका थिए । नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा सदनमा जाने छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्