एमाले र माओवादी केन्द्रलाई पार्टी एकीकरण गर्न १५ दिनको समय


 



काठमाडौं, फागुन २५
निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो । सर्वोच्चले यसअघिको पार्टी एकतालाई बदर गर्दै एमाले र माओबादी केन्द्र व्युताएको थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्