नेपाल र खनाललाई अपराधी हुन् : सूर्य थापा


 


काठमाडौँ, फागुन २५
सर्वोच्च अदालतले तीन बर्षअघि एकीकरण भएको नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अबस्थामै फर्काएपछि एमाले र माओवादी केन्द्र छुट्टिएका छन् ।

सर्वोच्चको फैसलासँगै नेकपाको ओली समूह र प्रचण्ड–माधव समूह पनि छिन्न भिन्न भएको छ । ओलीलाई छाडेर प्रचण्डतिर लागेका पूर्व एमालेका नेताहरु र प्रचण्डलाई छाडेर ओलीतिर लागेका पूर्व माओवादी केन्द्रका नेताहरु अब पुरानै पार्टीमा फर्कनुपर्ने भएको छ ।

सर्वोच्चको निर्णयले सबैभन्दा अप्ठेरो एमाले अध्यक्ष ओलीसँग छुट्टीएका माधव कुमार नेपाललाई परेको छ ।

नेकपामा हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर प्रचण्ड–माधव समूह खडा गरेका नेपाललाई सर्वोच्चको फैसलाले उठ्नै गाह्रो हुने गरी पछारेको छ ।

यो अवस्थामा नेपाललाई ओलीसँग मिल्न कठिन छ भने, पार्टी फुटाएर छुट्टीन झनै कठिन छ। हुनत हिजै प्रचण्ड–नेपाल समूहले आ–आफ्नो पार्टीमा फर्किने निर्णय गरिसकेका छन् ।

प्रचण्डसँग मिलेर नयाँ समूह खडा गरेका माधव नेपाल झलनाथ खनाललगायतका पूर्व एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पद खोस्दै साधरण सदस्य समेत नरहनेगरी कारबाही गरेको घोषणा गरेका थिए ।

नेकपा टुक्रिनु अघि नै प्रधानमन्त्रीले प्रतिनिधिसभा खारेज गरकै दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल, खनाललगायत बहुमत सदस्यले ओलीमाथि अनुसासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी माघ ११ गते आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।

सोही विषयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज अक्रोश पोखेका हुन् ।

उनले नेपाल र खनाललाई लक्षित गरी फेसबुकमा लेखेका छन्–‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ।

जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्