एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा माधव नेपाल


 



काठमाडौं, फागुन २४
सर्वोच्च अदालतको फैसलापछि अप्ठ्यारोमा परेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ रणनीतिका साथ अगाडि बढ्ने तयारीमा जुटेका छन् ।

हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि आज आन्तरिक छलफल गरेका नेता नेपालले पार्टी फुटाउने रणनीति अपनाएका हुन् । त्यसका लागि उनले हिजो राति पनि अबेरसम्म परामर्श गरेका छन् ।

नेपाललाई प्रधानमन्त्री बन्नका लागि प्रस्तावहरु आएपछि उनी उत्साही भएको बुझिएको छ । हिजोसम्म निराश भएका नेपाल आज एकाएक उत्साही भएका हुन् ।

अहिले नेपालसँग ४० जना सांसद छन् । नेकपा एमालेको १२१ सांसदमध्ये पार्टी विभाजन गर्न उनीसँग पर्याप्त सांसद छैनन । ४८ सांसदको आवश्यकता पर्ने भएपछि नेपाल त्यसका लागि सक्रिय भएका छन् ।

उनीसँग अपुग ८ सांसद पुर्याउन कसरत पनि भइरहेको बताइएको छ । नेपालले विगतमा पनि दुई निर्वाचन क्षेत्रबाट चुनाव हार्दा प्रधानमन्त्री बन्ने मौका पाएका थिए ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्