ओलीले बोलाए संसदीय दलको बैठक


 



काठमाडौं, फागुन २३
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन्।

संसदीय दलको बैठकमा सबै सांसदलाई बैठकमा उपस्थित हुन निम्तो गरिएको ओली निकट नेता सुवासचन्द्र नेम्वाङले बताए।

सर्वोच्च अदालतले आइतबार नेकपाको नाम सम्बन्धी विवादमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाले मान्यता नपाउने, एमाले र माओवादी छुट्टाछुट्टै दलको अस्तित्व रहने फैसला सुनाएको थियो।

अदालतको फैसला लगत्तै ओलीले नेकपा संसदीय दलको बैठक बोलाएका हुन्। ओलीले बोलाएको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षका सांसद अलमलिएका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्