अध्यादेश ल्याएको विरोधमा काँग्रेसद्वारा रोस्टम घेराउ गर्दै नाराबाजी, बैठक स्थगित


 



काठमाडौं, फागुन २३
सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली कांग्रेसले संसदको रोस्टम घेराउ गर्दै नाराबाजी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।

तर सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो ।

काँग्रेसले नाराबादी गरेपछि बैठक १० मिनेटका लागि भन्दै स्थगित गरिएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्