देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि


 



काठमाडौं, फागुन २३
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १११ जनाको पीसीआर परीक्षण गरिएकोमा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ। पछिल्लो २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ८८६ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या ८२५ रहेको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार १० पुगेको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्