सन्दीप लामिछाने अढाई वर्षपछि घरेलु क्रिकेट खेल्दै


 


काठमाडौं, फागुन २३
लेगस्पीनर सन्दीप लामिछानेले अढाई वर्षपछि घरेलु क्रिकेट खेल्दै छन् । उनले आज मुलपानी खेल मैदानमा काठमाडौं मेयर्स कप खेल्दै छन् ।

काठमाडौं मेयर्स टोलीको कप्तानी गर्दैछन् । मेयर्स ११ ले मुलपानी क्रिकेट मैदानमा आज बागमति प्रदेशविरुद्ध खेल्दैछ ।

यसअघि विदेशी लिगहरुमा व्यस्त हुँदा वा अन्य व्यक्तिगत कारणले गर्दा सन्दीपले अढाइ वर्ष घरेलु क्रिकेट खेलेका थिएनन् । गत माघमा भएको प्रधानमन्त्री कप पनि सन्दीपले खेलेनन् ।

पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न गएका सन्दीप कोरोनाका कारण लिगनै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार नेपाल फर्किएका थिए ।

त्यसपछि क्यानले सन्दीपलाई यसअघि नै घोषित भइसकेका काठमाडौं मेयर्स ११ टिमको कप्तान नियुक्त गरेको हो ।

पछिल्लो पटक २०१८ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट घरेलु क्रिकेट खेलेका थिए । उनले सुरुआती दुई खेलमा ५ विकेट लिएका थिए । त्यसपछि सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया गएका थिए ।

यस बीचमा सन्दीपले अष्ट्रेलिया, भारत हुँदै क्यानडामा प्रतियोगिता खेलेका थिए ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्