नेकपाको नाम विवादबारे आज फैसला हुँदै


 



काठमाडौं, फागुन २३
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नाम विवादबारे अज फैसला हुने भएको छ। फैसलाको मिति गत बिहीवारका लागि तोकिएकोमा पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकोले उनको शोकमा सर्वोच्चसहित सबै अदालत बन्द भएपछि फैसला मिति सरेको हो।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज निर्णय सुनाउने तयारी गरेको छ।

नकेपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो। त्यसपछि ऋषि कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए।

नामको विवाद टुंगो लागेपछि राजनीति पनि नयाँ शिराबाट अघि बढ्ने निश्चित छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्