दार्चुलामा जीप दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु


 


दार्चुला, फागुन २३
दार्चुलाको लेकम गाउँपालिका ६ उचाकोटमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट रिठाचौपातातर्फ जाँदै गरेको ग ३ ज १६९३ नम्बरको जीप उचाकोटको बन्स्याडी भन्ने ठाउँमा दुर्घटना भएको हो । जीप सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी चालक करन नाथ र सुनादेवी पन्तको घटनास्थलमै तथा गाडी मालिक पदम पन्तको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

घाइते हुनेमा ७२ वर्षीय बुद्धिबल्लब पन्त, १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त र ७० वर्षीया गंगादेवी पन्त रहेका छन् । इलाका प्रहरी कार्यालय गोकुलेस्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउद नेतृत्वको टोली घट्नास्थलमा गएको छ ।

घाइतेको गोकुलेस्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्