नेकपा (ओली समूह)को संसदीय दलको बैठक बस्दै, वामदेव गौतम जान्छन् ?


 



काठमाडौं, फागुन २२
नेकपा (ओली समूह)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम नजाने भएका छन् ।

पार्टी एकता अभियान चलाइरहेका गौतमलाई शुक्रबार साँझ उनकै निवास भैँसीपाटीमा ओलीले संसदीय दलको बैठक आउन निम्तो दिएका थिए । 

अहिलेसम्म ओली ओली गुट र प्रचण्ड र माधव नेपाल गुटको बैठकमा गएका छैनन् । गौतमनिकट स्रोतका अनुसार आज हुने भनिएको बैठकमा पनि बामदेव नजाने भएका छन् । उनी पार्टीलाई कसरी एक बनाएर अगाडि बढाउन सकिन्छ भनेर लागिरहेको उनी निकट स्रोतले बतायो ।

 आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक बस्दै छ । नेकपाकै दाहाल–नेपाल समूहले शुक्रबार प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई चयन गरेको छ ।  

प्रकाशित मिति: २२ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्