कांग्रेसकाे भित्री कथा : महाअभियाेग भन्दा नी सरकार ढल्ने चिन्ता


 


काठमाडाैं, कार्तिक ४

अख्तियार प्रमुख लाेकमानसिंह कार्की विरूद् संसदमा महाअभियाेग पत्र दर्ता भएकाे छ । संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस माैन छ । याे माैनताकाे खास भित्री कथा के हाे ? याे प्रश्नकाे खास उत्तर जान्न अाम नागरिक अातुर छन् । तर कांग्रेसकाे याे माैनताकाे उत्तर त्यति सजिलाे छैन्, यसकाे भित्री रहस्य बिस्तारै बाहिरिएला ।

अहिले भने याै माैनताकाे केही रहस्य खुल्न थालेकाे छ । त्याे के भने कांग्रेस माअाेवादी केन्द्र सम्मिलित सरकार ढाल्ने खेल । केही बेर अघि प्रसारित बिबिसी नेपाली सेवासँग कुरा गर्दे उपप्रधान तथा गृहमन्त्री काग्रेस नेता बिमलेन्द्र निधिले यस्तै छनक दिएका छन् । उनले महाअभियाेग सरकार ढाल्ने खेलकाे रूपमा ब्याख्या गरेका छन् ।

एकथरी कांग्रेस कार्कीलार्इ बचाउने अभियान चलाइरहेकाे छ भने अर्काथरी भने यही माैकामा चाैका हान्नुपर्छ भनेर महाअभियाेग पारित गर्न लागिपरेकाे छ । यद्यपी बल भने अझै कांग्रेसकै काेटमा छ ।

केपी अाेली सरकार अाफैंले ढालेर प्रधानमन्त्री बनेकाे प्रचण्ड र एमाले अध्यक्ष अाेली अचानक मिलेसँगै याे चिसाेमा राजनीतिक माहाेल एकाएक तातेकाे छ, जसले कांग्रेस तरंगीत बनेकाे छ । चैत्रमा प्रधानमन्त्री बन्ने सपना सहित दाैरा सुरूवाल सिलाउन व्यस्त रहेकाे कांग्रेस सभापति शेरबहादुर देउवा माैन छन् भने छलफल गरेर मात्रै अघि बढ्ने अाफ्नै निवासमा भेट्न पुगेका प्रधानमन्त्रिलार्इ बताएका छन् ।

उता भारतीय दलालकाे छवी बनाएका अमरेश कुमार सिंह भने कार्कीलार्इ बचाउने नेतृत्वमा छन् । बुधबार साँझ दर्ता भएकाे महाअभियाेग पत्रबारे बिहिबार कुनै छलफल नहुनु, अाइतबारका लागि मात्र छलफल राखिनु, कांग्रेसमा विवाद उत्पन्न हुनु, विभिन्न शक्तिकेन्द्रहरूकाे दबावले महाअभियाेग पत्र प्रकरण त्यसै सेलाउने त हाेइन ? यसका लागि अाइतबार कुर्नु पर्ने देखिएकाे छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्