प्रधानमन्त्री ओली आज पोखरा जाँदै


 



काठमाडौं, फागुन १७
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्।

पार्टीको काम र भवन शिलान्यासका लागि ओली पोखरा जान लागेका हुन् ।

ओली दिउँसो १ बजे पोखरा सभागृह आयोजना हुने प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यहाँ जान लागेका हुन् ।

साथै गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ।

भेलामा ११ जिल्लाका गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मलाई सहभागी गराउने ओली समूहले जनाएको छ।

कार्यकर्ता भेलापछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्न जाने कार्यक्रम छ। ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्