काँग्रेस पदाधिकारी बैठक : सत्ता समीकरणबारे गर्‍यो निर्णय


 



काठमाडौं, फागुन १४
नेपाली कांग्रेसले सत्ता समीकरणबारे पर्ख र हेरको नीति अपनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार सम्पन्न पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिनिधि सभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिइने सहमहामन्त्री डा। प्रकाशशरण महतले बताए।

उनले बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको बताए । विभिन्न दलबाट सरकारको नेतृत्वको लागि आएको प्रस्ताव अहिले कुनै अर्थ नरहेको उनको भनाई छ ।

सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा विघट्न गर्ने सरकारको निर्णय बदर गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो।

नेकपा ९दाहाल–नेपाल० समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई भेटेर सत्ता साझेदारी गर्न प्रस्ताव गरेका थिए। त्यहि प्रस्तावपछि कांग्रेसले बिहीबार पदाधिकारी बैठक बोलाएको थियो।

प्रकाशित मिति: १४ फाल्गुन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्