दाहाल-नेपालद्वारा तत्काल उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन


 


काठमाडौं, फागुन १३
नेकपा (दाहाल-नेपाल समूह)ले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र बैठक बोलाउन आदेशसमेत दिएकाले यो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी दिएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। दाहाल र नेपालले संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवादसमेत दिएका छन्।

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघट्न गर्ने निर्णय गरेका थिए। यसविरुद्ध परेको विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ११ फागुनमा सरकारको कदमलाई असंवैधानिक ठहर गरेको हो।

सर्वोच्चको यो फैसलासँग प्रतिनिधि सभा पुनःस्थापना भएको छ। अब २४ फागुनभित्र संसद् बैठक बोलाउनुपर्नेछ।

यसका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन्। १२ फागुनमा नेकपा (दाहाल–नेपाल समूह)ले संसदीय दलको बैठक राखेको थियो भने नेकपा (ओली) समूहले स्थायी कमिटी बैठक राखेको थियो।

त्यस्तै, दाहाल–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर छलफल समेत गरेका छन्। उनीहरु देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए।

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्