आज फागुन १२ गते बुधवारको राशिफल


 


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा पनि मन जाला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । जोश,जाँगर बढ्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विवादमा विजयी मिल्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहान सुख मिल्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शैक्षिक पक्षमा सुधार हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ–अशुभ समाचार सुनिएला । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्रसंग मीठो भेट–घाट रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रीय व्यक्तिसंग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । आर्थिकपक्ष र शेयर बाजारबाट राम्रै सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्