प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने


 



काठमाडौं, फागुन ११
प्रधानमन्त्री केपी ओलीले आज बिहान १० बजेका मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्नेलगायतका निर्णय हुनसक्ने छन् ।

एक मन्त्रीका अनुसार ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्नेलगायत अन्य नियमित एजेन्डामा छलफल हुनेछ ।

नेकपा विप्लवमाथिको प्रतिबन्ध फिर्ता गर्ने विषयमा अहिले छलफल भइरहेकाले यसबारे निर्णय आउने उनको भनाई छ ।

यसअघि सोमबार नियमित क्याबिनेट बैठक हुने गरे पनि यो पटक मंगलबारका लागि बैठक बोलाइएको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्