नेकपाले आज विराटनगरमा जनासभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


 



विराटनगर, फागुन ८
नेकपा (ओली समूह)ले आज विराटनगरमा जनसभा आजना गरेको छ । जनसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभालाई सम्वोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदैछन् । विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको तयारीका लागि मञ्च व्यावस्थापन‚ सहभागी बस्ने ठाँउको व्यावस्थापन सकिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सफल बनाउनका लागि नेकपाले यसअघि नै बृहत् मोटरसाइकल र्‍याली तथा मार्चपास गरिसकेको छ ।

कार्यक्रममा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको जनाइएको छ ।

आजको कार्यक्रममा प्रदेश नम्बर १ बाट १ लाखभन्दा बढी मानिसहरू जनभासमा उतार्ने तयारी रहेको आयोजकले जनाएको छ।

सभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, सुवाष नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायत अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यक्रम आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्