संसद बैठक अकस्मात स्थगित, आउँदो आइतबार बस्ने


 


काठमाडौं, कात्तिक ४

व्यवस्थापिका संसदको बिहीबार बस्ने भनिएको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार बस्ने भनिएको संसद बैठक बस्दै नबसी आइतबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको हो ।

बिहीबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि दर्ता भएको महाअभियोगको प्रस्तावमा छलफल गर्ने कार्य तालिका रहेको थियो ।

यद्यपि संसद बैठक के कारणले स्थगित भएको हो स्पष्ट पारिएको छैन् ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्