लोकमानलाई हटाउने पक्रियाबाट कुनै हालतमा पछि हट्दैनौँ : अध्यक्ष ओली


 


काठमाडौं, कात्तिक ४

पूर्व प्रधामन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हटाउने प्रक्रियाबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले लोकमानलाई हटाउन धेरै पहिलेदेखि प्रयास गरिरहेको तर अहिले मात्र सफल हुन लागेकोले यसलाई निष्कर्षमा पुर्याउने तयारी थाल्न सांसदहरुलाई निर्देशन दिए ।

बैठक सकिएपछि पत्रकारसँग कुरा गर्दै ओलीले लोकमानले भष्ट्राचार नियन्त्रणभन्दा पनि ब्यक्तिगत रिसका आधारमा अधिकारको दुरुपयोग गरेकाले उनलाई महाअभियोग लगाउन बाध्य भएको बताए ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्