बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या : थानाध्यक्षविरुद्ध वारेन्ट


 



काठमाडौं, फागुन ५
भारतको बिहारमा एक नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गर्न सहयोग गरेको आरोपमा स्थानीय थानाध्यक्षविरुद्ध वारेन्ट जारी भएको छ ।

बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेको आरोपमा त्यहाँका एसपी नवीनचन्द्र झाले तत्कालीन थानाध्यक्ष सञ्जीव रञ्जनलाई गिरफ्तार गर्न आदेश दिएका हुन् ।

बर्दियास्थित बारबर्दिया–३ की सुमित्रा विकको हत्यापछि प्रमाण मेटाएको आरोपमा उक्त आदेश दिएको कुण्डवा चैनपुरका थानाध्यक्ष मिथिलेशकुमार यादवले बताए । यादवका अनुसार रञ्जनले गिरफ्तारी नदिए उनीलगायत घटनाका आरोपी सबैको सम्पत्ति जफत गर्ने एसपी झाले निर्देशन दिएका छन् । हाल रञ्जन फरार छन् ।

उनले अर्का आरोपी विनयसँग शवको प्रमाण मेटाउन कुराकानी गरेका थिए । भिडियोका आधारमा प्रमाण जुटाएर कारबाही प्रक्रिया अघि बढेको छ । घटनापछि बिहारको राजधानी पटना र मजफ्फरपुरबाट एफएसएल टिमलगायत एसपीसमेतले छानबिन सुरु गरेका छन् ।

गत माघ ८ गते १२ वर्षीया सुमित्राको हत्या गरेर शव जलाइएको थियो । परिवारले उनलाई ११ जनाले करणी गरेको र त्यसपछि हत्या गरी जलाएको दाबी गरेका छन् ।

घटनामा संलग्न आरोपी घरबेटी सीताराम साह र उनका छोरा विनय पक्राउ परिसकेका छन् । अन्य ९ जना फरार छन् । २१ जनवरीमा भएको घटनाको निवेदन फेब्रुअरी २ मा दर्ता भएको थियो । कुण्डवा चैनपुर प्रहरी चौकीमा संख्या २१र२१ फेब्रुअरी २ तारिखमा भारतीय दण्ड सजाय १४९र३४२र४५०र३७६ ९डीबी०, १२०९बी०३०२र२०१ अनुसार मुद्दा दर्ता गरिएको छ ।

अन्य अभियुक्तलाई पक्राउ गर्न अनुमण्डल प्रहरी पदाधिकारी सिकहरनाको नेतृत्वमा एसआईटी गठन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्