सरकार गठन भएको तीन वर्ष पूरा, प्रधानमन्त्रीले विशेष कार्यक्रम गर्दै


 



काठमाडौं, फागुन ३
प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पुरा भएको छ ।

यसै अवसरमा प्रधानमन्त्री ओलीले एक विशेष कार्यक्रमका साथ तीन बर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीकाबारे आज प्रेस ब्रिफिङ गर्दैछन् । ओली आफ्नो सरकारका उपलब्धी पुनःनिर्मित सिंहदरबार परिसरमा कार्यक्रम आयोजना गर्दै सार्वजनिक गर्न लागेका हुन् ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन बर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो ।

झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विकास, सामाजिक न्याय सहित समतामूलक समाज निर्माण एवं आर्थिक क्रान्ति सहित सरकारले नीति तथा कार्यक्रम अघि सारेको थियो ।

प्रकाशित मिति: ३ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्