अलैँचीले भाउ नपाएपछि भाेजपुरका किसान चिन्तित


 


भोजपुरको टक्सारमा अलैचीं सुकाउँदै कृषक । यतिबेला यहाँका अधिकांश ठाउँमा अलैचीं टिप्न थालिएको छ । तस्बिर : देशकोन्युज

भाेजपुर, कार्तिक ४

अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४० हजार देखि ४५ हजारमा किनबेच सुरु भएको भोजपुर खाटम्माका एक कृषक अकलबहादुर कुलुङले बताए । केही वर्षयता अलैँचीको राम्रो मूल्य रहेपनि यस वर्ष भनेजस्तो मूल्य नपाउँदा कृषक निकै मारमा परेका हुन् ।

अलैँचीको किनबेच असोजदेखि सुरु भएको छ तर किसानले उचित मुल्य नपाउँदा वर्षभरि मिहेनत गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको भोजपुर बोया–५ का कृषक ध्यानबहादुर तामाङले बताए।

भोजपुरको खावा, कोट, युँ, तिम्मा, दोभाने, बोया, किमालुङ, छिनामखु, खाटम्मालगायत ३० भन्दा बढी गाविसमा अलैँचीको व्यावसायिक उत्पादन हुने गरेको छ । घरमै बसी बसी राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि भोजपुरका किसान अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्