प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ, बुटवल आउनुहोस्


 



काठमाडौं, फागुन १
प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा आयोजित भेला अहिलेसम्मकै विशाल जनसभा भएको बताएका छन् ।

उनी नेतृत्वको नेकपाले शनिबार रुपन्देहीको बुटवलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाललाई जनसभा भनेको बुटवलको जस्तो हुनुपर्ने भन्दै जवाफसमेत फर्काएका छन् ।

सभामा मानिसहरुको उत्साहजनक सहभागिता देखेर उत्साहित भएका प्रधानमन्त्रीले जनसहभागिता कस्तो हुन्छ हेर्न आउन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई निम्तो दिएका हुन्। ‘पार्टी छाडेकाहरू आउनुस् जनसहभागिता र जनसमर्थन कस्तो हुन्छ, हेर्न बुटवलमाु, ओलीले भने, ‘केही मानिसहरु पार्टी छाडेर सडकमा हिँडिरहेका छन्। केही मानिस बटुलेर कराइरहेका छन्। जनसमर्थन यसलाई भनिन्छ, हेर्न आउनुहोस् ।’

ओलीले केही मानिसहरुले फाटो र विभाजन रोजे पनि पार्टी अझै नफुटेको दाबीसमेत गरे ।

प्रकाशित मिति: १ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्