भारतमा गोली हानेर ५ जनाको हत्या


 


काठमाडौं, फागुन १
भारतमा गोली हानेर ५ जनाको हत्या भएको छ ।

हरियाणा प्रान्तको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन्।

पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्