बुटवलमा आज सत्तापक्षले जनसभा गर्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


 



बुटवल, माघ ३०
सत्तारुढ नेकपाको ओली समूहले आज लुम्बिनी प्रदेशको बुटवलमा जनसभा आयोजना गरेको छ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । 

सभाको तयारीका लागि बुटवलमा ओली समर्थक युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्याली गरेका छन् । नेकपाको युवा इन्चार्ज महेश बस्नेतको अगुवाइमा र्याली निकालिएको हो । 

ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी र चितवनसहित काठमाडौंमा शक्ति प्रदर्शनसहित जनसभा गरिसकेको छ ।

प्रकाशित मिति: ३० माघ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्