प्रधानमन्त्री ओलीद्वारा निर्वाचनको तयारी अघि बढाउन निर्देशन


 



काठमाडौं, माघ २७
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडि बढाउन निर्देशन दिएका छन् । आज विहान निर्वाचन आयोगमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारी अघि बढाउन निर्देशन दिएका छन् ।

वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनमा सरकारको तर्फबाट पूर्णरुपमा सहयोग हुने ओलीले बताएका छन् ।

निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरेका छन् । छलफल पश्चात उनले निर्वाचनको तयारी तीव्र पार्न आयोगलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेका छन् । यस्तै, हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्