देवता खुसी बनाउन आमाले दिइन् नाबालक छोराको बली


 


एजेन्सी
भारतको केरलस्थित पलक्कडमा एक महिलाले देवता खुसी पार्नका लागि आफ्नो ६ वर्षीय छोराको बली चढाएकी छन् ।

३० वर्षीया महिला शिक्षकले अल्लाह खुसी पार्न छोराको कुर्बानी दिएकी हुन् । गर्भवती समेत रहेकी महिलाले घाँटी थिचेर छोराको हत्या गरेपछि आफैँले प्रहरीलाई खबर गरेकी थिइन् ।

शाहिदा नाम गरेकी महिलाले आइतबार ३ देखि ४ बजेको समयमा पलक्कडको इमरजेन्सी नम्बर ११२ मा फोन गर्दै प्रहरीलाई घटनाको बारेमा जानकारी दिएकी थिइन् । प्रहरीले महिलाको घरको बाथरुमबाट रगत लतपतिएको शव बरामद गरेको थियो ।

पहरीका अनुसार शाहिदाकी पति सुलेमान र अन्य दुई बच्चाहरू बेडरुममा सुतिरहेका थिए । तेस्रो एवं सबैभन्दा कान्छो छोरो महिलासँग सुतेको थियो । शाहिदाले छोरालाई उठाएर बाथरुममा लगि बाँघेर काटेकी थिइन् । सुलेमान पलक्कडमा अटो रिक्सा चलाउछन् ।

शाहिदाले अल्लाहालाई खुसी पार्नका लागि छोराको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्