लोकमान विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता
काठमाडाैं, कार्तिक ३
अख्तियार दुरूपयाेग अनुसन्धन अायाेग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीका १५७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् । एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कांग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् ।
प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार