मोदी सहित ११ जनाको महाअभियोग सिफारिस समिति गठन


 


काठमाडौं, कार्तिक ३

व्यवस्थापिका संसदले संविधान बमोजिम एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । सभामुख ओनसरी घर्ति मगरले गरेको प्रस्ताव संसमा सर्वसम्मतिले पारित भएको हो ।
समितिमा नेपाली कांग्रेसबाट दीपक कुँइकेल, फरमुल्लाह मन्सुर, ज्ञानेन्द्र बहादुर कार्की, कुमारी लक्ष्मी राई, नेकपा एमालेबाट केशव बडाल, पार्वत गुरुङ, सुशीला नेपाल र रेवती रमण भण्डारी, नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण विडारी तथा राप्रपा नेपालबाट दिलनाथ गिरी रहेका छन् ।

समितिले राष्ट्रपति, उपराष्ट्रपति, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका पदाधिकारी विरुद्ध छानवीन गरी महाअभियोगको सिफारिस गर्नेछ । समितिले कुनै पदाधिकारीविरुद्ध महाअभियोगको आधार र कारणसहित सिफारिस गरी संसदको दुई तिहाई बहुमतबाट पारित भएमा त्यस्तो पदाधिकारी स्वतः पदमुक्त हुनेछन् ।

अदालतको अपहेलना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्की्विरुद्ध महाअभियोगको चर्चा भइरहेका बेला संसद्ले सिफारिस सिमिति गठन गरेको हो ।

यसअघि सिफारिस समिति नहुँदा महाअभियोगको माग र प्रस्ताव आए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्