आज प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन


 


काठमाडौँ, माघ २४
प्रतिनिधि सभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो।

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको यो तेस्रो चरणको दोस्रो कार्यक्रम हो ।

आजको कार्यक्रम सुभेच्छुक संस्थाहरुले ७७ जिल्लाको सदरमुकाममा गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले आन्दोलनका कार्यक्रममा व्यापकता सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

कांग्रेसले प्रतिनिधि सभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने बताएको छ । ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ,’ कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गरेर भनेका छन् ।

प्रकाशित मिति: २४ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्