अब कसको सरकार बन्छ भन्ने चुनावले फैसला गर्छ : ओली


 



काठमाडौं, माघ २३
प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन् । शुक्रबार काठमाडौंको नारायणहिटी परिसारमा आयोजित पार्टीको वृहत जनसभालाई सम्बोधन गर्दै उनले निर्वाचन गर्नकै लागि मिति तोकिएको बताए ।

चुनावदेखि डराएकाहरुले निर्वाचन हुँदैन भनेर हल्ला फैलाएको भन्दै उनले भने, ‘देश चुनावतर्फ गयो गयो ।’ प्रजातन्त्रमा चुनाव गर्नु सर्वोत्तम प्रणाली भएको भन्दै प्रधानमन्त्री ओलीले कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने बताए ।

काम गर्नै नसक्ने अवस्था आइसकेपछि आफूले नयाँ जनादेशमा जाने अवस्था आइलागेको बताउँदै उनले अब कसको सरकार बन्ने चुनावले फैसला गर्ने बताए ।

प्रचण्ड माधव पक्षतिर कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले चुनाव गर्दा देश कसरी शंकटमा जान्छ भन्दै प्रश्न गरे । उनले चुनावबाटै लोकतन्त्र थप सुदृढ र बलियो हुने दाबी गरे । भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्