आन्दोलनको थप रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


 


काठमाडौं, माघ १३
नेपाली काँग्रेसले आन्दोलनको थप रणनीति बनाउन केन्द्रीय समिति बैठक आज डाकेको छ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न सकेन। उक्त दिन डाकिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

ुनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते मंगलबार दिनको १ बजे बस्ने भएको छ,ु काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको हो। यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, सम्पूर्ण स्थानीय तह र वडा तहमा सरकारको कदमको विरोध गरिसकेको छ।

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्