टिकटकसहित ५९ चिनियाँ एप्समाथि भारतमा स्थायी रुपमै प्रतिबन्ध !


 


एजेन्सी, माघ १३
भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि स्थायी रुपमै प्रतिबन्ध लगाएको छ । भारतले पछिल्लो साल जूनमा चिनियाँ एप्समाथि अस्थाई रुपमा प्रतिबन्ध लगाएको ७ महिनापछि स्थायी रुपमै प्रतिबन्ध गर्ने निर्णय गरेको सरकारी श्रोतलाई उदृत गर्दै दैनिक जागरणले लेखेको छ ।

सरकारले चिनियाँ कम्पनीमाथि कारणसहित जवाफ दिन नोटिस जारी गरेको थियो । तर कम्पनीहरुले दिएको जवाफमा सरकारले सन्तुष्टी जनाएको थिएन । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रौधोगिकी मन्त्रालयले एप्स सञ्चालन गर्ने ५९ वटा कम्पनीलाई नोटिस जारी गरेको थियो ।

स्मरणरहोस्, चीनसँगको सीमा विवाद चर्किएपछि भारत सरकारले एप्समाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो । भारतले चिनियाँ एप्समार्फत आफ्नो मुलुकको सम्प्रभूता र राष्ट्रिय अखण्डमाथि खतरा बढेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्