काँग्रेसमा अझै मिलेन कुरो, पौडेल पक्षले बोलायो बैठक


 



काठमाडौं, माघ १२
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा विघटनसँगै आन्दोलनमा जाने वा निर्वाचनको पक्षमा भन्ने विवादमा रहेका बेला पौडेल समूहले बैठक बोलाएको छ । भोली बस्ने केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न लागेको हो।

पार्टी सभापति शेरबहादुर देउवाले नयाँ जनमतमा जानु स्वभाविक भएको भन्दै निर्वाचनमै जानुपर्ने धारणा अघि सारेपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै पार्टीले त्यसको विरोध गर्नुपर्ने पौडेल पक्षको माग छ ।

पार्टीको अस्थित्व जोगाउनकै लागि भएपनि काँग्रेसले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्नुपर्ने अडान राख्दै आएको छ । बैठकमा प्रदेशका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न काँग्रेसले भोली केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठकमा आफ्नो तर्फबाट उठाउने एजेण्डाका बारेमा छलफल गर्न नेता पौडेलले आज आफू निकट नेताहरुलाई बैठकमा बोलाउनुभएको हो ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्